निर्वाचनसम्बन्धी विधेयकमा छलफल

Posted on: October 06, 2016 | views: 125

२० असोज, काठमाडौं ।
नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकमा व्यवस्थापिका–संसद्मा प्रस्तुत भएका निर्वाचनसम्बन्धी विधेयकको मस्यौदामाथि आन्तरिक छलफल भएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले असोज १८ गतेको संसद्को बैठकमा निर्वाचनसम्बन्धी विधेयकहरू प्रस्तुत गर्नुभएको थियो ।

दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले निर्बाचन विधेयकका बारेमा अन्य दलसँगसमेत छलफल गरिने जानकारी दिनुभयो ।