देउवालाई प्रचण्डको बधाई

Posted on: April 30, 2016 | views: 155

२५ फागुन, काठमाडौ ।
एमाओवादी अध्यक्ष प्रचण्डले  नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । सभापतिमा विजयीभएसँगै कार्यकर्ता प्रशिक्षणको क्रममा चितवन रहेका प्रचण्डले देउवालाई फोन गरि बधाई तथा शुभकामना दिएका हुन् ।  प्रचण्डले फोन गर्दै राष्ट्रिय एकताका लागि एक भएर काम गर्नुपर्ने उल्लेख गरे।

देउवाको नेतृत्वमा नेपाली कांग्रेस अझ सशक्त भएर जाने विश्वास लिएको बताउँदै प्रचण्डले सफल कार्यकालको शुभकामना दिएको सचिवालयले जनाएको छ ।