शेरबहादुर देउवा काँग्रेस सभापतीमा बिजयी, अभागी ठहरीए पौडेल

Posted on: May 01, 2016 | views: 334

२५ फागुन, काठमाडौं ।
जनताबाट अनुमोदीत नभई मनोनीत भएरै तीनपटक प्रधानमन्त्री हुने अवसर पाएका भाग्यमानी शेरवहादुर देउवा नेपाली काँग्रेसको पार्टी सभापतीमा बिजयी भएका छन् ।

प्रधानमन्त्री चुनावमा १७ पटक उठेर पनि पराजित भएको रेकर्ड बनाउँदै लामो समय उपसभापती र   कार्यवाहक सभापती रहेका रामचन्द्र पौडेललाई ५ सय २६ मतको फराकिलो अन्तरले हराउँदै देउवा पार्टी सभापती बनेका हुन् ।

भावी काँग्रेस नेतृत्वमा छिमेकी भारतले समेत रुचाएको र विभिन्न गुट मार्फत सघाएको भनिएका देउवा १८ सय २२ मत प्राप्त गर्दै काँग्रेस नेतृत्व हातमा लिन सफल भएका हुन् ।

पहिलो चरणको निर्वाचनमा आफुले जित्न नसकेपनि देउवालाई बिजयी हुनबाट रोकेका पौडेलले दोस्रो चरणमा १२९६ मत ल्याए । पहिलो चरण भन्दा मत बढाएपनि जित्न नसकेका पौडेल काँग्रेसको संस्थापन पक्ष भनिने कोइराला परिवारको पक्ष लिएर उम्मेदवारी बनेका थिए । उनलाई शशांक कोइरालाले महामन्त्रीमा उम्मेदवारी दिंदै सघाएका थिए ।

देशको विकट जिल्ला डडेल्धुरामा जन्मिएपनि राणा परिवारमा विवाह गरेका देउवाले विगत देखीनै पारिवारिक नाता समात्दै पत्नी आरजु राणा देउवालाई सभासद र सांसद बनाउँदै आएका छन् ।

विद्यार्थी आन्दोलनबाट राजनीति थालेका देउवा पञ्चायत कालमा पटक पटक गरेर झण्डै एक दशक जेल परेपनि त्यही राजतन्त्रकै आशिर्वादमा प्रजातन्त्रको समयमा तीनपटक प्रधानमन्त्री बने ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले गलहत्याएर प्रधामन्त्रीबाट हटाएपनि फेरी प्रधानमन्त्री बन्न बिन्ति पत्र हालेका सत्ताभोगी देउवा ज्ञानेन्द्रले असक्षम प्रधानमन्त्रीको बिल्ला भिराएर गलहत्याएपनि २०६२ ६३ को जनआन्दोलनमा सामेल भएका थिए ।

प्रधानमन्त्री पद पाउञ्जेल निरंकुश राजतन्त्रको पक्ष लिएका देउवा पदबाट निकालिएपछि आन्दोलनको पक्षमा उभिएका थिए ।

२०५९ सालमा प्रधानमन्त्री पद हत्याउनकै लागि पार्टी फुटाएर नेपाली काँग्रेस प्रजातान्त्रीक गठन गरेपनि ०६४ सालमा गिरीजा प्रसाद कोइरालासँग मिलेर पार्टी एकता गराएका देउवाले ६० ४० को भागवण्डामा नेतृत्व पाएपछि पार्टी एकिकरण गरेका थिए ।

त्यस यता भागवण्डाकै राजनीतिमा चलिरहेको काँग्रेस नेतृत्व गुटमा नभई गिरोहमा विभक्त हुँन थालेको स्वयं काँग्रेसका नेताहरुले बताइरहेका छन् ।

दुई गुट जस्तो देखिएको काँग्रेसमा सभापती बन्ने सपना तुहिएपछि अब बरिष्ठ नेताको रुपमा मात्रै काँग्रेस नेतृत्व देउवालाई सुम्पेर रामचन्द्र पौडेलले राजनीतिक आराम गर्ने सम्भावना झिनो छ ।

विगतमा पराजित हुँदा झनै गुट बनाउँदै काँग्रेस नेतृत्व हत्याउन देउवाले गरेको रणनीतिमा लाग्ने प्रस्ट संकेत देखिरहँदा तत्कालको अवस्थामा रामचन्द्र पौडेलले पार्टी नेतृत्व र प्रधानमन्त्री पद अबको पाँच बर्षभित्र पाउने सम्भावना भने क्षिण बनेको छ ।

भारतीय ऐजेन्टको रुपमा चिनिएका व्यक्ति समेत काँग्रेसको सभापतीमा उम्मेदवार बनेको, भारतीय आशिर्वादमै लगातार केन्द्रिय सदस्य देखी सभासद र सांसद बन्न सफल भइरहेका अमरेश कुमार सिंहहरुलाई पालिरहेको काँग्रेसमा भारतले समेत रुचाएका देउवा पार्टी सभापती बनेपछि फेरी छिमेकी भारतले स्वार्थको दाउ साँध्ने पक्का जस्तै छ ।

राष्टघाती सम्झौता गराउन यसअघि समेत देउवाको प्रयोग गरिसकेको भारतले यसपटक पार्टी सभापतीमा देउवाले जित्ने जस्तै अवस्था देखेपछि काँग्रेस भित्र रहेका भारतीय एजेन्टेहरुलाई देउवाको पक्षमा मतदान गर्न सर्कुलर नै जारी गरेको खवरहरु समेत बाहिर आएका छन् ।

छिमेकीको रुपमा रहेको असहयोगी भारतसँगको सम्वन्ध व्यवस्थापन र विगतमा पदमा रहँदा राष्टघाटी सन्धि सम्झौता गर्ने देउवाको छवि आगामी दिनमा कसरी सुध्रने छ त्यसमा उनले कृष्णप्रसाद सिटौला जस्तालाई कसरी व्यवस्थापन गर्छन् त्यसले निर्धारण गर्नेछ ।

‘बरु डडेल्धुरा गएर गाई पाल्छु’त्यसबेला शेरबहादुर देउवाले किन यसो भनेका थिए ?