प्रधानमन्त्रीलाई संविधान संशोधनमै चटारो भन्छन्-'दशै अगाडी प्रस्ताव दर्ता गर्छु'

Posted on: September 28, 2016 | views: 245

१२ असोज, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव दशैंअघि संसदमा दर्ता गर्ने बताउनु भएको छ ।

आज चितवनमा पत्रकारहरुसंग कुराकानी गर्नु हुँदै प्रधानमन्त्री दाहालले मधेशकेन्द्रित दलहरुसंग सकारात्मक कुराकानी भरहेको र एमालेलाई पनि सहमतिमा लिएर अघि बढ्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले तराई मधेश लगायतका असन्तुष्ट क्षेत्र र पक्षको माग सम्बोधन गर्न एमालेसंग पटक पटक छलफल भएको भन्दै उहाँले निकासका लागि एमाले  पनि सहमतिमा आउनु पर्ने बताउनुभयो ।

चैत्र भित्रमा स्थानीय निकायको निर्वाचन गर्नेुपर्ने बताउनु भयो । चैत्रमा चुनाव गर्न नसकिए अप्ठेरो स्थिति आउने हुनाले  सबै यसमा गम्भीर हुनु पर्ने र सञ्चारमाध्यमले पनि त्यसबारे अवगत गराउनु पर्ने प्रधानमन्त्री दाहालले दाहालले बताउनु भयो ।

मधेशकेन्द्रित समस्या समाधानका लागि आफूले तराई मधेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम बनाएको प्रधानमन्त्रीले बताउनु भयो ।  

सरकारले विकासका कार्यक्रम कसरी अघि बढाउँछ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले  अहिलेसम्मको अनुभवको आधारमा आफूले  विकास र जनताको हितमा काम गर्ने बताउनु भयो । कैलाली घटनामा संलग्न भएकालाई माफी दिने कुरामा कुनै निर्णय नभएको उहाँले बताउनु भयो ।

प्रधानमन्त्री  दाहालले आजै चितवनका कार्यलय प्रमुखहरूलाई जनतालाई गुनासो नआउने गरि काम गर्न निर्देशन दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको नयाँ भवनको उद्घाटनपछि कार्यालय प्रमुखहरुलाई निर्देशन दिदैं प्रधानमन्त्री दाहालले परिवर्तनको अनुभूति गर्ने गरि सेवा दिन आग्रह गर्नुभयो ।  

प्रधानमन्त्री दाहालद्वारा अस्पतालको निरीक्षण र कर्मचारीलाई निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्यान्सर उपचार केन्द्रको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

चितवनको भरतपुरस्थित अस्पताल परिसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अस्पतालको भौतिक निर्माण र उपकरण खरिदका लागि आवश्यक पर्ने बजेट विनियोजनका लागि सरकार सकारात्मक रहेको बताउनुभयो ।

नेपालमा छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य र शिक्षा क्षेत्रमा सकारात्मक परिणाम आउने गरी द्रुतगतिमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा स्वास्थ्यमन्त्री गगन थापाले जनताको सेवामा कत्ति पनि विचलित नभई काम गर्न निर्देशन दिनुभयो ।
 
चीन सरकारले सहयोगमा निर्माण गरिदिएको बनको सो अस्पताल नेपाल र चीनबीचको मित्रताको प्रतीक रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री थापाले पुराना उपकरण क्रमशः परिवर्तन गरी आधुनिक र उच्च क्षमताका उपकरण जडान गरेर सेवा दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले अस्पतालले गत वर्ष एक लाख १४ हजार बिरामीलाई सेवा दिएको र १५ वर्षमुनि र ७५ वर्षभन्दा माथिका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।