भारतीय निर्देशन पछि सिटौला देउवा पक्षमा, गगन थापा बने बलिको बोका

Posted on: May 02, 2016 | views: 872

२४ फागुन, काठमाडौं ।
सभापती बन्ने लालसा सहित भारतीय योजनामा काँग्रेस महाधिवेशनमा उम्मेवार बनेका कृष्ण प्रसाद सिटौलाले भारतीय निर्देशन पछि शेर बहादुर देउवालाई समर्थन गर्दै उम्मेवारी फिर्ता लिएका छन् ।

पहिलो चरणको सभापति निर्वाचनमा सबैभन्दा कम भोट पाएका सिटौलाले दोस्रो चरणको मतदान बहिस्कार गर्ने निर्णय गरेपछि देउवालाई समर्थन गर्ने भएका हुन् ।

भारतीय गुप्तचर एजेन्सी र को डिजाइनमा सभापती उम्मेदवार बनेका सिटौलाले विज्ञप्ति निकालेर दोस्रो चरणको मतदानमा नगई हिजो खसेको मतको सम्मान हुने गरी सभापति पदको टुंगो लगाउनु पर्ने प्रस्ताव गरेका छन् ।

आफुले जित्ने कुनै आधार नै नदेखेपछि उम्मेदवारीबाट भागेका सिटौलाले दुवै पक्षलाई मिलाएको जस्तो गरि आफु ठूलो पल्टिन गैर वैधानिक प्रस्ताव गरेका हुन्।

महामन्त्रीमा युवा नेता गगन थापालाई उठाएर उनलाई बलिको बोका बनाउन लागेका सिटौलाले आफुले त हारे हारे गगन थापालाई समेत जित्ने आधार गुमाइदिएका छन् ।
प्यानलको हिसाबमा हेर्ने हो भने अब मत गन्दा गगन थापा काँग्रेसका सबैभन्दा अलोकप्रिय कमजोर युवा नेतामा गनिनेछन् । जसको योजना भारतले बनाएको थियो र यसलाई सिटौलाले प्रयोग गर्दै थापाको बलि दिए ।

भारतले नाकाबन्दी गरेपछि खेद प्रस्ताव पारित गर्न काँग्रेस बैठकमा प्रस्ताव गर्दा बिरोध गर्ने उनै सिटौलाले महामन्त्री बनाईदिने ललिपप देखाएर गगनलाई बलिको बोका बनाउने निश्चित प्राय भएको छ ।

सभापतीमा कम मत ल्याएर लजास्पद पराजय स्विकार्नु अघिनै मैदान छाडेर भागेका सिटौलाले विज्ञप्तिमा लेखेकाका छन्, आज दोस्रो चरणको मतदान गर्ने प्रक्रियामा प्रवेश गर्दैछौ। यो अवस्थामा यदि दोस्रो चरणको मतदानमा प्रवेश गर्नु अगावै हिजो व्यक्त मतको समेत सम्मान गर्दै पार्टिभित्र सबैको भावना समेट्ने अवस्था सुनिश्चित गर्न सकियो र मतदान गर्ने अवस्था आएन भने महाधिवेशनबाट सकारात्मक सन्देश प्रवाह हुन सक्छ भन्ने मेरो विश्वास छ।
हिजो भएको पहिलो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवाले सर्वाधिक १५६४ मत प्राप्त गरेका थिए। उनी ११ भोटले मात्रै सभापतिमा विजयी हुनबाट बन्चित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी रामचन्द्र पौडेलले ११६० मत ल्याए।
३२४ मत ल्याएका सिटौला प्रतिस्पर्धाबाट बाहिरिएका छन्। दोस्रो चरणको चुनाव भएमा देउवा र पौडेलबीच प्रतिस्पर्धा हुनेछ।
कांग्रेस महाधिवेशनको संघारमा पुग्दा देउवाले यसपटक मलाई सबैतिरबाट समर्थन छ भनिरहेका थिए । तर त्यसलाई धेरैले गम्भीर रुपमा लिएनन् ।अन्तत मत परिणामले सबै कुरा स्पष्ट गरेको छ । भारतीय पक्षले यसपटक देउवालाई सभापतिमा सघाउने विशेष योजना नै बनाएको थियो । त्यही योजना कार्यान्वयनका लागि सिटौला गगनको गठवन्धन बनाइएको थियो । त्यसलाई सिटौला स्वयंले प्रष्टसंग सार्वजनिक गरेका छन् ।

दोस्रो चरणको निर्वाचनमा उनको समूहका नेताहरुले मतदान गर्ने छैन । त्यसो गर्ने वित्तिकै शेरबहादुर देउवा सजिलै पार्टी सभापति हुनेछन् । यद्यपी मतदाताको रुपमा आएका प्रतिनिधिहरुले भने मतदान गर्ने भएका छन् ।

यो महाधिवेशनमा भारतले काँग्रेस भित्र जन्माएको भारतीय एजेन्टको रुपमा सबैले चिनेका अम्रेशकुमार सिंह समेत मौन बसेका छन् । तर भित्रि रणनीतिका लागि सिटौला गगन र अम्रेश एकै ठाउंमा बसेर शेरबहादुर देउवा र महामन्त्रीमा शशांक कोइरालालाई विजयी बनाउने भारतीय डिजाइनलाई सहयोग गरिरहेका छन् ।