देउवाले ११ भोट बढी ल्याउन नसक्दा काँग्रेस सभापतीमा फेरी मतदान हुँदै

Posted on: May 02, 2016 | views: 234

२४ फागुन, काठमाडौं ।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी सभापति जित्नका लागि आवश्यक बहुमत '५' प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुन : दोस्रोपटक सोमबार चुनाव हुने भएको छ ।

देउवालाई जित्नका लागि ११ मत पुगेन । उनले १५ सय ६४ मत प्राप्त गरेपनि जित्नका लागि आवश्यक १५ सय ७५ मत पुर्‍याएनन् ।

सभापतिका उम्मेद्वार कार्यवाहक सभापति रामचन्द्र पौडेलले ११ सय ६० मत ल्याएर दोस्रो भए भने महामन्त्री कृष्ण सिटौलाले ३ सय २४ मत प्राप्त गरे । एक सय मत बदर भयो ।

दोस्रो चरणको चुनावमा बढी मत ल्याउने दुई उम्मेद्वार देउवा र पौडेलबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानमा रहेका सिटौला प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।