काँग्रेस महाधिवेशन स्थलमा भागाभाग, मतदान स्थल ढल्यो, तिनजना घाईते (फोटो फिचर)

Posted on: April 30, 2016 | views: 572

२३ फागुन, काठमाडौं ।
करोडौं रुपैयाँ खर्चेर छाकै पिछे मासुभात र एसिमा बस्ने बास व्यवस्था गरेपछि भोट खसाल्न शताप्दी पुराने परम्परा र पुरानै अनुहार नेतृत्वमा भिडिरहेको काँग्रेसको महाधिवेशन स्थल हावाहुरीले उडाएको छ ।

आइतबार साँझ नेपाली काग्रेस केन्द्रिय महाधिवेशनमा मतदान भइरहँदा निर्वाचन प्रयोजनका लागि निमार्ण गरिएको टेण्ट हावा हुरीले ढाल्दा कम्तिमा तीन जना प्रतिनिधि समेत घाइते भएका छन् ।

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आइतबार साँझ हावा हुरीसँगै असिना पानि परेको छ ।

हावा हुरीले टेण्ट भत्काएपछि मतदान प्रक्रिया रोकिएको छ ।

आइतबार साँझ काठमाडौं सहित नुवाकोट, रसुवा, धादिगं, काभ्रे लगायत जिल्लामा ठूलो हुरी बतास आएको हाम्रा जिल्ला सम्वाददाताहरुले खवर पठाएका छन् ।

रसुवा जिल्लाको विभिन्न स्थानमा भूकम्पले वास उठेका भूकम्प पिडितको छाप्रा समेत उडाएको खवर आएको छ । विस्तृत खवर आउन बाँकी रहेको छ ।