बाबु र पतिको भिडन्त चलिरहेको बेला गगन पत्नि अञ्जनाको भावुक स्ट्याटस

Posted on: May 02, 2016 | views: 648

२३ फागुन, काठमाडौं ।
नेपाली राजनीतिमा दुर्लभ नै मानिने चुनावी दौडमा रहेका नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र गगन थापाको महामन्त्री दौडले यतिबेला नेपाली राजनीतिमा ब्यापक बहस र चर्चा जन्माएको छ ।

कतिपयले ससुरालाई जिताउन गगनले उम्मेदवारी दिएको भनेर आरोप लगाएपनि गगनले यस्तो आरोप खण्डन गर्दै आफू भावि पुस्ताका लागि चुनाव लडेको बताएका छन् । अर्जुननरसिंह केसीले पनि आफ्ना ज्वाइँलाई सम्झाउँदै पटक पटक उम्मेदवारी नदिन आग्रह गरेको सार्वजनिक खुलासा यस अघि नै गरेका छन् ।

एकै परिवारका ज्वाइँ ससुराको यो भिडन्तमा सबैभन्दा धर्म संकटमा परेकी छिन् अर्जुनकी छोरी र गगनकी पत्नि अञ्जना केसी थापा । गगनसँग फिल्मी शैलीमा लभ परेर विवाह गरेकी अञ्जनालाई बाबु र पतिको चुनावी भिडन्तले धर्म संकटमा पारेको छ । यो कुरा उनले फेसबुकबाट खुलासा गरेकी छिन् ।


अर्जुन र गगन दुवै लोकप्रिय नेता रहेको र नेपालको भविष्यको लागि राजनीतिमा सक्रिय रहेको भन्दै अञ्जनाले आफूले दुवैको पक्षमा प्रार्थना गरिरहेको सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै खुलासा गरेकी छिन् ।

अञ्जनाले भनेकी छिन्, “तपाइँहरु दुवै जाना आफंनो आस्थाका लागि लडिरहनु भएको छ, म बुझ्छु यो निर्णय कसैका लागि पनि सहज थिएन, तर सकारात्मक पक्षका कुरा गर्दा तपाइँहरु दुवै लोकप्रिय नेता हो ।” अञ्जनले अन्त्यमा भनेकी छिन्, “चुनावी नतिजा के हुन्छ थाहा छैन, तर म दुवैको राम्रो होस् भन्ने कामना गरिरहेकी छु र गरिरहने छु” ।
-nepaliheadlines.com/