काठमाडौं,भदौं ८ । कांगेसले सरकारमा सहभागी हुने मन्त्रीहरु बुधबार पठाउने भएको छ । सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम बुधबार बिहान टुंगो लगाएर साँझ शपथ गराउने तयारी गरिएको छ । सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको जानकारी दिँदै बुधबार शपथ हुनसक्ने बताए । देउवाले नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काको सिफारिसमा एकएकजना र नेता रामचन्द्र पौडेलको सिफारिसमा तीन वा चारजना मन्त्री बनाउने भएका छन् ।
स्रोतका अनुसार देउवाले अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड र जीवनबहादुर शाहीलाई सरकारमा पठाउने लगभग टुंगो लगाईसकेका छन् । केसीलाई शिक्षा र महतलाई परराष्ट्र, खाँडलाई रक्षा र शाहीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिनसक्ने सम्भावना छ । त्यस्तै मीनबहादुर विश्वकर्मा वा केशवकुमार बुढाथोकीमध्ये एकजना मन्त्री हुने भएका आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।