काठमाडौं,भदौं ७ । नेकपा (एमाले)ले सात वटै प्रदेशका संयोजक तोकेको छ । एमाले मुख्यालयमा जारी स्थायी समिती बैठकले सातै प्रदेशको संयोजक तोकेको हो । एमालेले प्रदेश नम्वर एकको संयोजकमा सचिव भीम आचार्यलाई जिम्मेवारी दिएको छ भने सहसंयोजकको जिम्मेवारी वैकल्पिक पोलिट्व्युरो सदस्य शेरधन राईले पाएका छन् । प्रदेश नम्वर दुईको संयोजक स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पाएका छन भने सहसंयोजक नागेन्द्र चौधरी रहेका छन् ।
नेकपा (एमाले)को प्रदेश संयोजक/ सहसंयोजक
प्रदेश नं १- भीम आचार्य र शेरधन राई
प्रदेश नं २- सत्यनारायण मण्डल र नागेन्द्र चौधरी
प्रदेश नं३- अष्टलक्ष्मी शाक्य र काशीनाथ अधिकारी
प्रदेश नं ४- किरण गुरूंग र गणेश तिमिल्सिना
प्रदेश नं ५- विष्णु पौडेल र दलबहादुर राना
प्रदेश नं ६- युवराज ज्ञवाली र यामलाल कँडेल
प्रदेश नं ७- भीम रावल र कर्ण थापा