काँग्रेस महाधिवेशन-नयाँ नेतृत्व छान्न चुनाव सुरुहुँदै, यसरी हुँदैछ मतदान

Posted on: April 30, 2016 | views: 219

२३ फागुन, काठमाडौं ।
कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न केही बेरमा मतदान सुरु हुने कार्यतालिका रहेको छ । देशभर र विदेशस्थित जनसम्पर्क समितिबाट चुनिएर आएका करिब ३२ सय प्रतिनिधीले पार्टी सभापतिसहितको ६४ सदस्यीय केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचनमा भाग लिनेछन् ।

महाधिवेशनस्थल भृकुटीमण्डप अगाडिको राष्ट्रिय सभागृहमा मतदान गरिनेछ । कान्तिपुर दैनिकमा समाचार छ ।
 
'निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको छ,' कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने-'आइतबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।'

पार्टी कार्यालय सानेपामा रहेको निर्वाचन समितिको युनिट सभागृहमा पनि स्थापना गरिएको छ। कांग्रेसले आफ्नो महाधिवेशनमा विद्युतीय निर्वाचन प्रणालीलाई अपनाएको छैन।
 
घिमिरेका अनुसार धनुषा-५ मा क्षेत्रीय निर्वाचन हुन नसकेकाले ३ हजार १ सय ६१ मतदाता छन् ।

तात्कालिन सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जना महाधिवेशन प्रतिनिधिले मत दिन पाउनेरनपाउने भन्नेमा निर्णय हुन बाँकी छ ।

मनोनीतले मत दिन पाएमा मतदाता ३ हजारा १ सय ९१ पुग्ने जानकारी घिमिरेले दिए ।

सभापति, १ महामन्त्री, १ कोषाध्यक्ष सहित खुला, महिला, प्रदेश र समावेशी सहितको केन्द्रीय सदस्य गरी ६४ पदका लागि निर्वाचन हुनेछ। पदाधिकारीको ३ पदमा १० जना सहित ३ सय १२ जना उम्मेदवार छन्।
 
घिमिरेले ति पदहरुमा मतदानका लागि ९ किसिमको मत्रपत्र तयार पारिएको बताए। उनका अनुसार पदाधिकारीमा सभापतिका लागि छुट्टै तथा महामन्त्री र कोषाध्यक्षलाई एउटै मत्र पत्र बनाइएको छ ।

बाँकी ७ वटा छुट्टा छुट्टै मत पत्र खुला, महिला खुला, आदिवासी जनजाति, मुस्लिम, मधेसी, दलित र प्रदेशबाट छानिने केन्द्रीय सदस्यका लागि तयार पारिएको छ ।  
 
अपरान्ह ४ बजेसम्म मतदान सक्न सभागृह भित्र १ सय २५ वटा गोप्य मतदान बुथ बनाइएको घिमिरेले जानकारी दिए।