रामचन्द्र पौडेल भन्छन्-'मन्त्री छान्न देउवाले छलफल नै गरेका छैनन्'

Posted on: August 20, 2016 | views: 320

४ भदौ, काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग छलफल भइनसकेको बताउनुभएको छ ।


नेपाल प्रेस युनियन चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको बताउनुभयो ।


एक फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसका जिल्ला सभापतिको भोलिदेखि काठमाडौँमा हुने भेलाले स्थानीय निकायको पुनःसंरचनाको खाका तयार गर्न सुझाव दिने र पार्टीले सोही सुझावका आधारमा धारणा तयार गर्ने बताउनुभयो ।