कांग्रेस महाधिवेशन : तीनै प्यानलमा भोट तानातान

Posted on: May 02, 2016 | views: 236

काठमाडौं,फागुन २२ ।पार्टी नेतृत्वका लागि उम्मेदवारी दर्तालगत्तै नेपाली कांग्रेसका नेता महाधिवेशन प्रतिनिधिको जोडघटाउमा जुटेका छन् । सभापति उम्मेदवारहरु कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला प्रतिनिधिलाई आआफ्नो पक्षमा तान्न सक्रिय छन् ।

तीनै उम्मेदवार प्रदेश आधारमा आआफ्नो मत आँकलन गर्दै एकअर्कानिकट प्रतिनिधिलाई फकाउन आफ्ना संयन्त्र खटाइरहेका छन् । पार्टी वरिष्ठ नेता देउवा संस्थापनका नेतालाई आफ्नो समूहमा ल्याएर चुनावी नतिजा आफू अनुकूल बनाउन व्यस्त छन् । आजको नागरिक दैनिकमा खबर छ ।