नेविसंघ प्रतिनिधिको नामावली प्रकाशित (हेर्नुस् नामावली)

Posted on: August 13, 2016 | views: 518

काठमाडौं,साउन २९ ।  नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको ११ औँ महाधिवेशनको निर्वाचन प्रक्रियाको बाटो खुल्ला भएको छ ।  नेविसंघको महाधिवेसनको नेतृत्व चयनका लागि मतदान गर्न पाउनेहरुको सूची प्रकाशितभएसँगै निर्वाचन अघि बढनउने बादो खुल्ला भएको हो ।


नेविसंघ केन्द्रीय निर्वाचन समितिका संयोजक भरत प्रसाद खरेलले ३ हजार ७ सय ६० जना महाधिवेशन प्रतिनिधिको नाम शनिबार राति प्रकाशित गरेका हुन्। नेविसंघमा महाधिवेशन प्रतिनिधि छनोटका विषयमा तीब्र विवाद थियो। कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पक्षबीच भागबण्डा मिलेपछि नेविसंघको नेतृत्व मतदानबाट निर्वाचित हुने निश्चित भएको थियो। 

नामावलीको लागि यहाँ क्लिक गर्नुहोस् ।