'स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य गनुपर्छ'-बामदेव गौतम

Posted on: August 12, 2016 | views: 358

२८ साउन, काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सरकारको स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अखिल नेपाल किसान महासङ्घको प्रशिक्षण विभागले आज काठमाडौँमा गरेको कार्यत्रममा उहाँले देशमा राजनीतिक स्थिरता कायम राख्नका लागि राष्ट्रपतिलाई कार्यकारी प्रमुखका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।