समावेशी बनाउन महिला मन्त्री खोज्दैछन् प्रचण्ड

Posted on: August 11, 2016 | views: 174

२७ साउन,काठमाडौं । 

प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्रालयका लागि आज मन्त्रीको नाम टुंगो लगाउने भएको छ । बिहान बस्ने केन्द्रीय कार्यालय बैठकले पाँच मन्त्रीको टुंगो लगाउन लागेको स्रोतले जनाएको छ । मंगलबार बसेको बैठकमा मन्त्री छनोट समावेशी हुनुपर्ने माग उठेपछि अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यसको जिम्मा दिइएको थियो ।

दाहालले आजको बैठकमा मन्त्रीको सूची पेस गर्ने स्रोतले जनाएको छ । मंगलबारको बैठकमा जनार्दन शर्मा, प्रभु साह, डीआर पौडेल, हितराज पाण्डे र राम कार्कीलाई मन्त्री बनाउने तयारी थियो । मन्त्रिमण्डल समावेशी नहुने भन्दै असन्तुष्टि जनाइएपछि बैठकले निर्णय गर्न सकेको थिएन । दाहालले उक्त सूचीमा महिला समावेश गरी नयाँ प्रस्ताव पेस गर्ने स्रोतको दाबी छ । आजको कारोबार दैनिकमा खबर छ ।