मधेशी मोर्चा भन्छ-'स्थानीय तहको काम रोक’'

Posted on: August 11, 2016 | views: 281

२७ साउन, काठमाडौं ।
मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तह पुनर्संरचनाको कामकारबाही रोक्न सरकारलाई दवाव दिएको छ ।

बुधबार बसेको बैठकले स्थानीय तहको संख्या तथा सीमा निर्धारण आयोगले स्थानीयस्तरमा गरिरहेको छलफल रोक्न दबाब दिने निर्णय गरेको हो। राजनीतिक सहमतिपछि मात्र गाउँपालिका र नगरपालिको सीमा निर्धारणको काम अगाडि बढाउनुपर्ने गठबन्धनको निष्कर्ष छ ।
 
 गठबन्धनले सरकार गठन भएको एक साताभित्र गर्ने भनिएका काम गर्न सरकारसँग सहकार्यको निर्णय पनि गरेको छ ।

सरकारले गृह मन्त्रालयमार्फत आन्दोलनका घाइते, मृतकको संख्या संकलन गरिरहेको भए पनि ढिलाइ हुन सक्ने भएकाले सहकार्यको निर्णय भएको गठबन्धनका नेता केशव झाले जानकारी दिए ।
 
मधेस आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग पुरा हुन बाँकी छ ।  
 
गठबन्धनको वैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र संघीय सदभावनाका अनिल झा वैठकमा अनुपस्थित भएका छन् । उनीहरुसँग छलफल गरी वैठक मिति तय भएको थियो ।

वैठकबाटै नेताहरुले फोन गर्दा आउने भनेर उनीहरु अन्तिमसम्म पनि पुगेनन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।