ओली भन्छन्-'जनचाहना विपरीत सरकार परिवर्तन भयो'

Posted on: August 10, 2016 | views: 252

२६ साउन, काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनचाहना विपरीत आफ्नो नेतृत्वको सरकार परिवर्तन गरिएको  बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आज पार्टी कार्यालय धुम्बाराहीमा गरेको अन्तर संवाद कार्यक्रममा अध्यक्ष ओलीले कृत्रिमरुपमा सरकार परिवर्तन भएको उल्लेख गर्नुभयो ।
    
पूर्वप्रधानमन्त्री ओलीले साम्प्रादायिक र राष्ट्रिय एकता भाड्ने खालका क्रियाकलाप भइरहेको भन्दै राजनीतिक र संवैधानिक तित्तता ल्याउने षड्यन्त्र भइरहेको बताउनुभयो ।