कहिले सुध्रिएलान विप्लव माओवादी ? बन्दको नाममा मुलुकभर तोडफोड र आगजनी

Posted on: July 25, 2016 | views: 452

काठमाडौं,साउन १० । सर्लाहीलगायत देशका विभिन्न स्थानमा सकुम्बासीहरूलार्इ सरकारले बल प्रयोग गरेर उठिवास लगाएको भन्दै विप्लव नेतृत्वको माओवादीले आज गरेको नेपाल बन्दका कारण काठमाडौं उपत्यका लगाएत मुलुकभरकै जनजीवनमा असर परेको छ । राजधानी लगायतका विभिन्न स्थानमा सोमबार विहानै दर्जनको हाराहारीमा ट्याक्सी तथा सवारी साधनहरुमा बन्द समर्थित कार्यकर्ताले तोडफोड तथा आगजनि गरेका छन् । यसअघि पनि तोडफोडमा उत्रेका  विप्लव माओवादी यसपटक पनि अराजक रुपमा उत्रिएका छन् ।   काठमाडौंमा दुई वटा ट्याक्सी जनाएका छन् भने  त्यस्तै चितवन, तनहुँ लगायतमा पनि ट्रकहरु जलाइएका छन् । 

 

यसपटक संयमित भएर बन्द गर्ने जनाए पनि ‘लाएको बानी कहीं नजानी’ भनेझैं विप्लव पक्ष फेरि आक्रमक भएको हो ।  त्यस्तै भैरहवाबाट सिमेन्ट लिएर आउँदै गरेको ना४ख ३९१ नम्बरको ट्रकलाई अज्ञात समूहले बन्दीपुर नगरपालिका–५ आँधिखोलामा रोकी जलाएका छन् । बिहान सवा ५ बजे ट्रकका चालक र सहचालकलाई ट्रकबाट ओराली उनीहरुले आगो लगाएका थिए । आगजनीबाट ट्रकको अगाडिको भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगजनी हुने बित्तिकै सशस्त्र र नेपाल प्रहरीले आगो निभाएका थिए ।


यस्तै सोही समूहले चोक्कर लिएर आएको ना५ख ४१३ नं को ट्रकमा ढुङ्गामुडा गर्दा ट्रकको अगाडिको सिसा फुटेको छ । ट्रकमा आगजनी गरेको आशङ्कामा प्रहरीले नेकपा माओवादीका छ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।  प्रत्यक्ष रुपमा माओवादी कार्यर्ता कमै देखिए पनि मुलुकभरबाट तीन सयका हाराहारीमा कार्यकर्ता पक्राउ परेका छन् ।