ओलीको अडानमा एमालेमा दुर्इ धार

Posted on: July 22, 2016 | views: 117

काठमाडौं,साउन ७ । शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि संविधान संशोधन गर्नुपर्ने अडान लिए पनि उनकै दल एमालेभित्र यस विषयमा एकमत छैन । पछिल्लो स्थायी कमिटी बैठकमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेतालसहितका नेताले संविधान संशोधनतर्फ नलाग्न पार्टी अध्यक्ष समेत रहेका ओलीलाई सुझाव दिएका थिए । बैठकमा उपाध्यक्ष भीम रावलसहित नेताले नयाँ सरकारका लागि संविधान संशोधन आवश्यक रहेको बताएका थिए । एमाले सचिव योगेश भट्टरार्इले भने संविधान संशोधनतर्फ लाग्नु भनेको जोखिमको यात्रा सुरु गर्नु भएको बताएका छन् ।


बैठकमा ओलीनिकट केही नेताले समेत संविधान अस्पष्ट रहेपनि त्यस विषयलाई पार्टीले बढी चर्काउँदा पार्टी र प्रधानमनत्रीको लोकप्रियता गुम्न सक्नेतर्फ सचेत गराएका थिए । नयाँ सरकार गठनका लागि संविधान संशोधनमा अस्पष्टता रहेको भन्दै एमाले सचिव प्रदिप ज्ञवालीले यो एमालेको नभई नयाँ सरकार बनाउनेहरुको चासोको विषय हुनुपर्ने बताए । आजको नागरिक दैनिकमा खबर छ ।