भरत ढुंगानाको आज १२ औं स्मृती दिबस

Posted on: July 15, 2016 | views: 258

३१ असार, नुवाकोट । नुवाकोट जिल्ला विकास समितिका पूर्व सभापति एवं तत्कालनी नेकपा माओवादीका ब्युरोसदस्य भरत ढुंगाना र अखिल क्रान्तिकारीका केन्दीय सदस्य  बैकुण्ठ पोख्रेलको हत्या भएको १२ वर्ष पुगेको छ । २०६१असार ३१ गते तत्कालीन शाही नेपाली सेनाले उहाँहरुलाई धादिङका नियन्त्रणमा लिएर अमानवीय तबरबाट हत्या गरेका थिए । नुवाकोटका लोकप्रिय, विकासप्रेमी तथा राजनेताको रुपमा परिचित रहनुभएका भरत ढुङ्गानाको निधनले जिल्लाको प्रतिनिधित्व गर्ने असल नेताको समेत अभाव देखिएको जिल्लावासीहरुले बताएका छन् ।

नुवाकोटका लोकप्रिय नेता भरत ढुङ्गानाको मृत्युले परिवारमा शोकलाई शक्तिलाई बदल्ने मौकाको रुपमा परिवारका सदस्यहरुले लिएका छन् । उहाँको छोरी कविता ढुङ्गानाले फेसबुक स्टाटस मार्फत बुबाको निधन महान भएको बताउनुभएको छ ।