प्रधानमन्त्रीले खड्कालाई चीन पठाएको रहस्य खुल्यो

Posted on: July 15, 2016 | views: 824

काठमाडौं,असार ३१ । केपी ओलीको सनकका भरमा कोइलाबाट इन्धन निकाल्ने भन्दै चीन पुगेको आपूर्ति सचिव श्रीधर सापकोटा, नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालगायतका टोली अनावश्यक खर्च गर्दै आएको पाइएको छ । हतियार कालोबजारी शम्भु भारतीको योजनामा केपी ओलीले सरकारी रकमको दुरुपयोग गरेर सचिव सापकोटा र खड्कालाई चीन पठाएको रहस्य खुलेको छ । शम्भु भारतीकै कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल प्रहरीको साख गिरेको र नेपालको बेइजत समेत भएको तथ्य आम रुपमा थाहा भएको विषय हो ।

पछिल्लो पटक केपी ओलीलाई प्रभावमा पारेर कोइलाबाट इन्धन निकाल्ने बहानामा सरकारी रकमको दुरुपयोग गरिएको छ । भारत आफै कोइला उत्पादन गर्छ र त इन्धन निकालेको छैन, अरु कोइला उत्पादन गर्ने मुलुकले समेत कोइलाबाट इन्धन निकालेको अवस्था छैन ।

तर नेपालमा न त कोइला उत्पादन गर्ने मुलुक हो न त कोइलाको सम्भाव्यता भएको मुलुक नै हो । शम्भु भारती जस्ता अन्तर्राष्ट्रिय गिरोहको फन्दामा परेर सम्भव नै नभएको कोइलाबाट इन्धन निकाल्ने प्रस्ताव राखिनु पूर्णत गलत भएको देखिन्छ ।

तर भारती त्यही व्यक्ति हुन् जसलाई सर्वोच्च अदालतले समेत दोषी देखाएर जेल सजाय सुनाएका व्यक्ति हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत दोषी देखाएका भारतीलाई कोइलाको मुख्य ठेकेदारको रुपमा भित्रयाउने र इन्धन निकाल्ने प्रस्ताव राखिनु विद्यमान कानुनको समेत खिलाफमा रहेको स्वतः सिद्ध भएको विषय हो । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।



ताजा अपडेट