लोकेश ढकालद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

Posted on: May 03, 2016 | views: 269

१८ फागुन, काठमाडौ  । 
नेपाली काग्रेसका यूवा नेता लोकेश ढकालले पार्टीको आसन्न १३ औ महाधिवेशनमा हुने नयाँ नेतृत्वको चयनको निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरे २७ पृष्ठ लामो घोषणापत्रसहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । उनले प्रदेश नम्बर ३ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । 

२०३५ सालबाट विद्यार्थी राजनीतिमा होमिएका उनले पार्टीको विभिन्न तहमा रहेर काम गरिसकेकोले अब केन्द्रीय सदस्य बाहेकको स्थान उपयूक्त नभएकोले उम्मेदवारी दिनु परेको तर्क गरे । 
उनले काग्रेस बीपी कोइरालाको चिन्तनबाट चुकेको र धन बलको राजनीतिमा लागेकोले त्यसबाट नीति प्रधान बनाउन महाधिवेशनमा आफ्नो प्रस्ताव बैचारिक बहसको साधन हुने विश्वास ब्यक्त गरे ।