प्रधानमन्त्री कसले लिने भन्नेमा बहस सुरु, सम्भावना कसको बढि ?

Posted on: July 13, 2016 | views: 338

२९ असार, काठमाडौं ।

 नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व आफूले लिनुपर्छ भन्ने बहस सुरु भएको छ । यसका लागि ठोस निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले बताए ।‘सरकारबाट माओवादी बहिरगमनपछि वर्तमान सरकार रंसदमा अल्पमतमा परेको छ’, केसीले भने, यस अवस्थामा कांग्रेस र माओवादीकै बीचमा सहमति भएर नयाँ सरकार बन्ने हो । उनले बहुमता रहेको सरकार अल्पमतमा परेपछि स्वतः अपदस्थ हुने संसदीय परम्परा रहेको उल्लेख गरे ।

यस अवस्थामा सबैभन्दा ठूलो दल कांग्रेसले सरकारको नेतृत्व गर्नु स्वभाविक हुने उनले बताएका छन् । कांग्रेस ठूलो दल हो, नेतृत्वको दाबी स्वभाविक रुपमा गर्छ तर अहिलेको वस्तुस्थितिलाई हेरेर हामी वैकल्पिक नेतृत्व पनि स्वीकार गर्न सक्छौं, नेता केसीले भने ।  आजको गोरखापत्र दैनिकमा खबर छ ।