देउवा र पौडेल कांग्रेस महाधिबेशन प्यानल घोषणा गर्दै

Posted on: May 02, 2016 | views: 231

१७ फागुन, काठमाडौं ।
नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर देउवा प्यानलसहित सभापतिमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा जुटेका छन् ।

महाधिवेशन सुरु हुन तीन दिन मात्र बाँकी रहँदा दुवै नेता निकटलाई मनाएर उम्मेदवारी घोषणाको कसरतमा जुटेका हुन्।
 
कार्यबाहक सभापति पौडेल महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालालाई फकाएर मंगलबारसम्म उम्मेदवारी घोषणाको कसरतमा छन् ।

पदलाधिकारी संख्या बढाएर निकट नेताको सहज व्यवस्थापन गर्ने प्रयास असफल भएपछि संस्थापन पक्षका नेताहरु संसदीय दल र सरकारमा नेताहरुको भूमिकालाई सुरक्षित गर्ने आश्वासनसहित सवैलाई समेट्ने प्रयासमा छन् ।
 
सुजातालाई फकाउन शशांक र शेखर कोइरालालाई अघि सारेका पौडेल सिटौलालाई संसदीय दलको नेतामा मनाउने प्रयासमा छन् ।

पदाधिकारी संख्या बढाएर महिला उपसभापतिमा आफ्नो स्नान सुरक्षित गर्ने रणनीतिमा रहेकी सुजातालाई पौडेलले सरकारको उपप्रधानमन्त्री बनाउने आश्वासनपछि शनिवार नै सभापतिको प्रत्याशी बन्ने घोषणा गरेकी थिइन् । नागरिक दैनिकमा समाचार छ ।