मधेशी मोर्चाले भन्यो-'सार्थक वार्ताको बातावरण बनाउ'

Posted on: June 16, 2016 | views: 208

२ असार, काठमाडौं ।
संघीय गठबन्धनले सार्थक वार्ताका लागि वातावरण वनाउन सरकारसँग आग्रह गरेको छ ।

गठबन्धनको आज वसेको बैठकले सरकारले आफूहरुका मागका सम्बन्धमा पूर्ण तयारीका साथ आउनु पर्ने निर्णय भएको संघीय गठबन्धनका नेता राजकिशोर यादवले वताउनुभयो ।

वार्ताका लागि सरकारवाट आएको पत्र सकारात्म रहेको र त्यही अनुरुप वार्ताको तयारी सहित सरकार वार्तामा आउनु पर्ने नेता यादवले वताउनुभयो ।