लाज पचेपछि ! बहिष्कार पनि गरिन्छ, भत्ता पनि खाइन्छ–अनिल झा

Posted on: June 08, 2016 | views: 391

संसदको कारबाहीमा नियमित भाग लिइरहनु भएको छ ?
– हैन, हामी निरन्तर बहिष्कारको नीतिमा छौं ।

सदन बहिष्कार गर्ने, तर तलब–भत्ताचाहिँ बुभिलरहने रु यो दोहोरो भूमिका भएन र ?
– खर्बौ बजेट भएको देशमा २०–४० जना मधेसी सांसदले तलब भक्ता बुझ्दैनमा देश रित्तो हँुदैन । संसारले बुझने कुरा के हो भने ६०१ जनाको संसद छ । तर, एकथरि सांसद निरन्तर बहिष्कारमा छन् । यसको अर्थ, देशमा असन्तुष्टि भन्ने कुराको सन्देश जान्छ । यो पनि संसदीय अभ्यासको एउटा पाटो हो । होइन, संसद नजाने ससुराली गएर बस्ने, हनिमुन मनाउने, व्यभिचार गर्नेजस्ता काम गर्न मिलेन । त्यस्तो काम गरेर तलब भत्ता खाएको भए भन्नुस । नत्र आन्दोलन गर्नु भनेको पनि जनताकै काम त हो । हामी मधेसी जनताकै हितका लागि संसद बहिष्कार गरिरहेका छौं ।

–जनआस्था साप्ताहिकमा प्रकाशित सद्भावना पार्टीका अध्यक्ष अनिल  झाको अन्तर्वार्ताबाट



ताजा अपडेट