कांग्रेसमा पद बढाउने नयाँ विवाद । कोइराला खेमा पक्षमा देउवा बिपक्षमा

Posted on: May 02, 2016 | views: 202

१३ फागनु, काठमाडौं ।
कांग्रेसको संस्थापन पक्षले केन्द्रीय पदाधिकारी बढाउने प्रस्ताजव ल्याउने भएपछि बरिष्ठ नेता शेरवहादुर पक्षले त्यसको विरोधमा कडा प्रतिवाद गर्ने तयारी गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ।
 
देउवा पक्षीय दोस्रो पुस्ताका नेताहरुको अग्रसरतामा पदाधिकारी नबढाउन दबाब दिन हस्ताक्षरसहितको ज्ञापनपत्र बिहीवारको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई बुझाउने भएको छ।
 
असहमतिका बाबजुद पदाधिकारी थप गर्ने प्रस्ताव ल्याइए बैकल्पिक प्रस्ताव केन्द्रीय कार्यसमिको बैठकमा प्रस्तुत गर्ने रणनीति देउवा समूहको छ ।