अन्तत : देउवा नै प्रधानमन्त्री !

Posted on: May 23, 2016 | views: 464

१० जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी ओली सत्ताको कति माहिर छन् भन्ने देखिन थालेको छ ।

उनले प्रधानमन्त्री पदका मुख्य दाबेदार एमाओवादी अध्यक्ष प्रचण्ड र सहायक दाबेदार कांग्रेस सभापति शेर बहादुर देउवा दुर्व जनालाई हावाकावा पारेर खेलाउन थालेका छन् । सबैलाई थाहा भएको कुरा हो–सिंहदरबार नामको फुटबलमार्फत सत्ताको खेल खेलिँदैछ र मैदान चाहिँ सासंद् हो ।

सत्ताको कुटिल खेलमा ओली, देउवा र प्रचण्ड कसरी लागिपरेका छन् भन्ने केही सूचना प्राप्त भएको छ । ओलीको खेल प्रचण्डलाई अगाडि सारेर आफूलाई सत्ताच्यूत गर्ने खेललाई ओलीले तत्कालका लागि निस्तेज बनाएका छन् ।

बाहिर छरपष्ट भएको भित्री सहमति हो–बजेटपछि ओली प्रचण्डलाई प्रधानमन्त्री पदमा समर्थन गर्ने । तर, ओलीले सजिलै सत्ता नछाड्ने उनका पछिल्ला अभिव्यक्तिहरुले देखाउन थालेका छन् ।

ओलीले प्रचण्डलाई सजिलै सरकारको नेतृत्व नदिने बुझेपछि देउवालाई केही राहत भएको छ । ओलीले प्रचण्डलाई सरकार सुम्पने हो भने देउवाको सम्भावना लगभग समाप्त हुनेछ ।

ओली र प्रचण्डबीच खटपट सुरु हुने लक्षण देखिन थालेपछि देउवाको रणनीति हो– ओली र प्रचण्डलाई भाउ नदिने, दुवैबीच दूरी बढोस् र त्यसको लाभ लिउँ । आजको साँघु साप्ताहिकमा खबर छ ।