झन् फितलो बन्दै संघीय गठबन्धनको राजधानी केन्द्रित आन्दोलन,कार्यकर्ता उपस्थित न्युन

Posted on: May 22, 2016 | views: 128

काठमाडौं,जेठ ९ । मधेसी दलसहितको संघीय गठबन्धनले थालेको राजधानी केन्द्रित आन्दोलन झन् झन् फितलो बन्दै गएको छ । सिंहदरबारवाटसुरु गरेको आन्दोलन बालुवाटार,रत्नपार्क हुदै राजधानीको विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएको छ । आन्दोलनमा दिनप्रतिदिन कार्यकर्ताको संख्या कम हुदै गएको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको गठबन्धनले यसअघि ६ महिनासम्म तराईमा आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै मोर्चाले जेठ १ देखि जनजातिहरुको साथमा राजधानी केन्द्रित आन्दोलन गरेको हो ।


गठबन्धनले १० दिनको आन्दोलन थप गर्दै राजधानीको विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएको छ । तर विभिन्न ठाउँमा गरिएको प्रदर्शन तथा कोणसभामा कार्यकर्ताको उपस्थित कम हुँदै गएपछि आन्दोलन फितलो बनेको छ ।

गठबन्धनले आइतबार चावहिलमा प्रदर्शन गरेको छ । उनीहरुले गौशाला र जोरपाटीबाट जुलुस निकालेका छन् । आइतबारको प्रदर्शनमा भने अन्य दिनको तुलनामा बढी कार्यकर्ता उपस्थित थिए ।