प्रचण्ड नेतृत्वमा ९ पार्टी थपिएर बन्यो 'नेकपा माओवादी केन्द्र'

Posted on: May 19, 2016 | views: 166


६ जेठ, काठमाडौं ।
बिभिन्न टुक्रामा बिभाजित १० वटा माओबादी पार्टीहरु एकिकृत भएका छन् ।

एकता घोषणा पछि नयां पार्टीको नाम नेकपा माओबादी केन्द्र राखिएको छ । माओबादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल 'प्रचण्ड' चयन हुनु भएको छ ।

एकता घोषणा अघि बबरमहलमा संयुक्त अधिबेशन भएको थियो ।  एकता घोषणा सभालाई आज सम्बोधन गर्दे माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संबिधानका राम्रा कुराहरु लागु गराउन नपुग कुराहरु पुरा गर्न र आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याउन प्रमुख दलहरुबीच सहमतिमा ल्याउन प्रमुख दलहरुबीच एकता आवश्यक भएको बताउनु भयो ।

अध्यक्ष दाहालले बिस्तृत शान्ति सम्झौताको मर्म र भाबना अनुरुप सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारीएका व्यक्तिको छानबिन आयोगलाई प्रभाबकारी रुपमा अघि बढाउन माओबादीहरुको एकताले मद्दत पुग्ने बिस्वास व्यक्त गर्नुभयो ।

माओबादी केन्द्रका अध्यक्ष दाहालले एकता प्रक्रियामा नआएका क्रान्तिकारी माओबादीका मोहन बैद्य नयांशक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराई लगायतका नेताहरुलाई एकताबद्ध हुन आग्रह गर्नुभयो ।

एकताहुने पार्टीहरुमा एकिकृत नेकपा माओबादी नेकपा क्रान्तिकारी माओबादीबाट रामबहादुर थापाको समूह बिप्लब माओबादीबाट तिलक परीयारको समूह मातृका यादबको नेकपा माओबादी मणि थापा नेतृत्वमो क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायतका दश कम्युनिष्ट पार्टीरहेका छन् ।

नयां घोषणा गरिएको नेकपा माओबादी केन्द्रले एकबर्ष भित्र महाधिबेशन गर्न ६ सय ९९ सय सदस्यीय महाधिबेशन आयोजक समिति गठन समेत गरेको छ ।