राष्ट्रपति भण्डारीको भारत भ्रमण स्थगित

Posted on: May 06, 2016 | views: 113

काठमाडौं,बैशाख २४ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित भएको छ । वैशाख २७ गतेदेखि राष्ट्रपतिको औपचारिक भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयले तयारी गरेपनि मन्त्रिपरिषद् बैठकले अनुमोदन नगरेको कारण दर्शाउँदै भ्रमण रोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा भारत जाने तय भएको थियो ।