सरकारबाट बाहिरिन प्रचण्डलाई दबाब

Posted on: May 02, 2016 | views: 163

काठमाडौं,फागुन १० । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली नेतृत्व्को सरकारको मुख्य सहयोगी दल एमाओवादीभित्र सरकारबाट बाहिरिनुपर्ने बारेमा छलफल हुन थालेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार आफ्नै निवास लाजिम्पाटमा बोलाएको पार्टी स्थायी समिति बैठकमा नेताहरुले सरकारबाट मन्त्रीलाई फिर्ता गराउन दबाब दिएका आजको अन्नपूर्णमा समाचार छ ।

दाहालले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउनेबारेमा प्रतिक्रिया नजनाए पनि महासचिव कृष्णबहादुर महरासहितका नेताले ओली नेतृत्वको सरकारको कडा आलोचना गर्दै सरकारबाट मन्त्रीलाई फिर्ता बलाउनुपर्ने धारण राखेका थिए ।
महरा र स्थायी समिति सदस्य जनार्दन शर्मा, चन्द्रदेव खनाल र गोपाल किराँती लगायतले मन्त्रीहरुको काम कारबाहीबाट जनता र कार्यकर्ता रुष्ट बन्दै गएकाले फिर्ता गराउन दाहालमाथि दबाब दिएइका हुन् । दाहाल उच्चस्तरीय राजनीतिक समतिका संयोजक पनि हन् ।
सरकारमा सहभागी भएका दुई महिना पुगेदेखि नै आफ्ना मन्त्रीहरुलाई फिर्ता गराउन दबाब झेल्दै आएका दाहाल अहिले थप दबाबमा छन् ।
सरकारले सय दिन पूरा गर्दासमेत जनताले राहत महसुस गर्न नसकेको, मन्त्रीहरु कर्मचारीतन्त्रको चंगुलमा फसेको, समस्या लिएर आएका जनता र कार्यकर्तालाई मन्त्रीले वेवास्ता गरेको, मन्त्रीले आफन्तलाई पोसेको, बाढीपहिरो र भूकम्पपीडितले राहत पाउन नसकेको, सर्वसाधारण जनता जीवन धान्नै नसक्ने गरी महँगीको मारमा पर्दा पनि सरकार मूकर्दशक बनेर बसेको आरोप लगाउँदै नेताहरुले मन्त्रीलाई तत्काल फिर्ता गरी पार्टीको इज्जत जोगाउन दाहालको ध्यानाकर्षण गराएका थिए ।