कृषि मन्त्री भन्छन्-'संविधान कार्यान्वयन गर्न काग्रेस पनि सरकारमा आउनुपर्छ'

Posted on: May 03, 2016 | views: 110

१६ बैशाख, पाँचथर ।
एकीकृत नेकपा माओवादीका नेता तथा कृषि मन्त्री हरिबोल गजुरेलले काग्रेस,एमाले,एमाओवादी सहितका दलहरुको राष्ट्रिय देशको समस्या समाधान गर्न सक्ने वताउनुभएको छ ।

पाँचथरको फिदिममा आज क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उहाँले सवै दल एक ठाउँमा आउनुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

उहाँले सवै दलहरु एकै ठाउँमा आएर संविधान कार्यान्वयन गराउनको निम्ति नागरिकले जनदवाव दिनुपर्ने वताउनुभयो ।

एकपक्षले अर्कोपक्षलाई दोष दिएर पन्छिन नहुने वताउँदै अव चाँडै काग्रेस,तथा मधेशवादी दलहरु पनि वर्तमान सरकारमा सामेल भर्इृ राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औल्याउनुभयो ।

यस्तै एक फरक प्रसंगमा वोल्दै कृषिलाई आधुनिकीकरण र ब्यवसायिकरण गरी यूवाहरुलाई रोजगारीको सिर्जना गर्न आवश्यक रहेको वताउनुभयो ।

 यसैगरी आजै फिदिममा बिबिसी नेपाली सेवाको कार्यक्रम साझा सवालमा वोल्दै मन्त्री गजुरेलले कृषकलाई विभिन्न चार समूहमा विभाजन गरेर पेन्सनको ब्यवस्था गर्न सरकारले कार्यक्रम ल्याउन लागेको वताउनुभयो ।