निर्णायक भनिएको वार्तामा वैद्य नआएपछि प्रचण्ड तनावमा

Posted on: May 03, 2016 | views: 233

काठमाडौं,बैशाख १६ ।  राजनीतिक विकासक्रमसँगै विभाजित माओवादी घटकबीच बुधबार हुने भनिएको निर्णायक एकता वार्तामा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले अनुपस्थिती जनाएका छन् ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा बुधबार प्रचण्ड, वैद्य माओवादीका महासचिव रामबहादुर थापा बादलबीच त्रिपक्षीय वार्तामा वैद्यले अनुपस्थिती जनाएका हुन् । वैद्यले अनुपस्थिती जनाएपछि वैद्यसहितका माओवादी घटकबीच माओवादी एकता गर्ने प्रचण्डको सपना चकनाचुर भएको छ । प्रचण्डले अधिकतम पहल गरेता पनि वैद्यले त्यसलाई अस्वीकार गरेपछि प्रचण्ड तनावमा परेका आजको कमाण्डर पोष्टमा खबर छ ।