लेखा समितिले अनियमीता छानविन गरेपनि काम रोक्न नहुनेमा जोड

Posted on: May 02, 2016 | views: 204

१५ बैशाख, काठमाडौं ।

व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिका सदस्यले समितिले अनियमितताका नाममा विकास निर्माणका काम रोक्न नहुने बताउनुभएको छ ।

समितिको अघिल्लो बैठकले सोलु करिडोर प्रसारण लाइनमा अनियमितता देखिएको भन्दै आयोजनाको प्रक्रिया अघि नबढाउन दिएको निर्देशनप्रति लक्षित गर्दै सांसदहरुले आजको बैठकमा समितिले विकास निर्माणका काम रोक्न नहुने बताउनु भयो ।

बैठकमा सांसदहरु विकास लम्साल, भरत साह, धनराज गुरुङ, लगायतले मुलुकमा इन्धनको चरम सङ्कट बढेका बेला कुनै पनि बहानामा ऊर्जासम्बन्धी आयोजनाका काममा अवरोध गर्न नहुनेमा जोड दिनुभयो ।