राप्रपाको कार्यालयमा महिलाको ब्यागबाट कण्डम झरेपछि...

Posted on: May 03, 2016 | views: 504

काठमाडौं,बैशाख १३ । पार्टी अध्यक्ष लोकेन्द्रबहादुर चन्दले छोरा जयन्तलाई मन्त्री बनाएपछि राप्रपा केन्द्रीय कार्यालयका कर्मचारीमा निक्कै खुशी छाएको छ ।  सानो पार्टी भएका कारण यस अघि एउटै मात्र मन्त्री पाउँदै आएकोमा गत सातादेखि पार्टी अध्यक्ष चन्दका छोरा जयन्त थपिएका छन् । जयन्त मन्त्री भएको अवसरमा गत बुधबार पार्टी कार्यालयमा सामान्य जमघट भएको थियो । दिउसो करिब साढे तीन बजेतिर केन्द्रीय कार्यालयका मुख्य सचिव हरि घिमिरेले एक महिला कर्मचारीलाई निमन्त्रण कार्ड ल्याउन निर्देशन दिए । उनले आफ्नो ब्यागबाट ब्यागबाट निमन्त्रण कार्ड निकाल्दै गर्दा तीनवटा अर्कै चीज भूईमा खस्यो । उनले लाजले रातोपिरो हुदै हतारहतार ती चिज ब्यागमा राखिन् । 

ब्यागको अर्को खल्तीबाट दुईवटा निमन्त्रणा कार्ड झिक्दै गर्दा फेरि त्यस्तै एउटा चिज भुइमा खस्यो । उनी फेरि रातोपिरो भइन् । त्यो घटनालाई नियाल्दै गरेका अर्का एक कर्मचारीले ती चिजलाई आफ्नो मोबाइलको क्यामेरामा कैद गर्न भ्याए । उनको क्यामेरामा हेर्दा ती चिज परिवार नियोजनका अस्थायी साधन कण्डमजस्ता देखिन्छन् । पुरुषले प्रयोग गर्ने साधन महिला कर्मचारीको ब्यागमा फेला पर्नुलाई पार्टीभित्र आश्चर्य मानिएको छ । आजको तरुण साप्ताहिकमा खबर छ ।