अनेरास्ववियुको अध्यक्षमा नविना लामा बिजयी

Posted on: April 30, 2016 | views: 162

१० फागुन, काठमाडौं ।
नेकपा एमाले विद्यार्थी भातृसंगठन अनेरास्ववियुको अध्यक्षमा नविना लामा निर्वाचित भएकी छन् ।

दुई गुटमा विभाजित निर्वाचनमा केपी ओली पक्षकी नविनाले माधव कुमार नेपाल पक्षका उम्मेदवार दीपक गौतमलाई २ सय १६ मतले हराउँदै बिजयी भएकी हुन् ।

अधिकाशं संस्थापन पक्षका बिजयी भएको अनेरास्ववियुको आगामी कार्यकालको लागि नविना महिला अध्यक्षको रुपमा दोस्रो हुन् । यस अघि रामकुमारी झाँक्री पनि अध्यक्षमा निर्वाचीत भएकी थिइन् ।

निर्वाचीत हुने अनेरास्ववियुका अन्यमा उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल र शैलेश लामा तथा महासचिवमा ऐन महर विजयी भएका छन् ।

यस्तै सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सुदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भएका छन् । बिजयी भएका मध्ये सुदेश, आरती र ओसिम दीपक गौतम प्यानलका हुन् ।

निर्वाचन आयोगमा तुलसी मैनाली, अनुशासन आयोगमा निशा अधिकारी र लेखा आयोगमा धमेन्द्र रोकाय निर्वाचित भएकी छन् । कोषाध्यक्षमा पनि नविना समूहकै झपिन्द्र खत्री निर्वाचित भएका छन् ।

काभ्रे घर भएकी लामा यसअघि अनेरास्ववियु जिल्ला कमिटी काभ्रेको उपाध्यक्ष, केन्द्रीय सदस्य, दुई कार्यकाल सचिवालय सदस्य, उपाध्यक्ष, महासिचव भइसकेकी छिन् ।