कति दिवस चाहियो ? कोइराला भन्छन्-'लोकतन्त्र दिवस उपेक्षा दुखद'

Posted on: May 02, 2016 | views: 171

१२ बैशाख, बागलुङ्ग ।
उस्तै खालको दिवसका नाममा तीन दिन विदा दिने नौंटंकी प्रथालाई सच्याएर सुधार गर्नुमा काँग्रेस केन्द्रिय सदस्य शेखर कोइरालाले दुख व्यक्त गरेका छन् ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विदसका नाममा विदा र सरकारी बजेट मात्र सक्ने प्रथा हटाउनुपर्नेमा उनले त्यसको वकालत गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कोइरालाले वर्तमान सरकारले लोकतन्त्र दिवसलाई उपेक्षा गर्नु दुखद भएको बताएका हुन् ।

भूपु सैनिक संघ बाग्लुङको जिल्ला अधिवेशनको उद्घाटन गर्दै कोइरालाले सरकारले लोकतन्त्र दिवसलाई बेवास्ता गर्नु बिगतको आन्दोलनका उपलब्धीलाई उपेक्षा गर्नु सरह भएको टिप्पणी गरे ।

उनले वर्तमान सरकार सर्वसत्ताबाद तर्फ उन्मुख भएको चर्चा गर्दै मुलुकलाई बर्बादी तर्फ लैजानबाट रोक्नका लागि नेपाली काङ्गेस सम्बेदनशिल बन्नुपर्ने बताए ।
कोईरालाले बर्तमान सरकार ईतिहासमै असफल भएको आरोप समेत लगाए ।