माओवादी कार्यक्रममा प्रहरी हस्तक्षेप, माइला लामा सहित नेता कार्यकर्ता गिरफ्तार

Posted on: May 03, 2016 | views: 294

११ बैशाख, काठमाडौं ।
नेकपा माओवादी काठमाडौं जिल्ला मातहतको आन्तरिक प्रशिक्षण कार्यक्रममा प्रहरीले व्यापक धरपकड गरेको छ ।

नेकपा माओवादीले आज कपनको बालउद्धार उमाविमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा प्रहरीले व्यापक धरपकड गरेको नेकपा माओवादीले जनाएको छ ।

धरपकडपछि प्रहरीले माओवादीका ४ जना नेता कार्यकर्तालाई गिरफ्तार गरिएको बताइएको छ ।

गिरफ्तार पर्नेहरुमा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला सेक्रेटरी माईला लामा र जिल्ला सदस्य चिरञ्जीवि देवकोटा, ज्ञानेन्द्र सहित अन्य १ जना रहेका छन ।

सादा पोसाकमा आएका प्रहरीले ४ तिरै बाट घेरा हाली साङ्घातिक रुपमा हमला गरी नेता कार्यकर्ता माथि धरपकड गरेको बताईएको छ ।