देखियो । आन्दोलन पूर्ण रुपमा शान्तिपूर्ण हुन्छ ः राजेन्द्र महतो

Posted on: May 02, 2016 | views: 214

११ बैशाख, काठमाडौं ।
प्रहरीलाई घेराबन्दी हालेर विभत्स हत्या हुँदा समेत आन्दोलन शान्तिपूर्ण रहेको बताएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय गठबन्धनले गर्न लागेको आन्दोलन  शान्तिपूर्ण हुने बताएका छन् ।

५ महिनासम्म भारतीय आशिर्वादमा गरेको आन्दोलनमा जनताले साथ नदिएपछि निराश बनेर आन्दोलन फिर्ता लिएको मधेशी मोर्चाका नेता महतोले जनकपुरधाममा आयोजीत पत्रकार सम्मेलनमा आन्दोलन पूर्ण रुपमा शान्तिपूर्ण रहने र यसले सुरक्षामा कुनै प्रकारको चुनौती नहुने अभिव्यक्ति दिएका हुन् ।

महतोले आन्दोल भन्दै भारतमा आश्रय लिएर भएको यसअघिको आन्दोलनबारे भने केही बोलेनन् ।