नेता कार्यकर्तालाई स्थानिय चुनाव तयारीमा लाग्न माकुनेको निर्देशन

Posted on: May 03, 2016 | views: 180

११ बैशाख, काठमाडौं ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

एमाले नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चले आज काठमाडौँमा गरेको  कार्यक्रममा  नेता नेपालले अब चाँडै स्थानयि निकायको निर्वाचन घोषणा हुने बताउनु भयो ।

लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा विकास निर्माणको काम अगाडि बढ्न नसकेको, भ्रष्टाचार मौलाएको र स्थानीय लोकतन्त्रको अभ्यासमा समस्या भएको बताउनुभयो । 

स्थानीय निकायमा जाने बजेटको सदुपयोग गर्न र जनपक्षीय काम गर्न आग्रह गर्दै नेता नेपालले अन्य दलले गर्ने गलत काम र प्रवृत्तिको भण्डाफोर गरेर अगाडि बढ्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेता नेपालले आर्थिक विकासका लागि एमालेले नेतृत्व गर्नुपर्ने  र पार्टीलाई एकताबद्ध बनाएर लैजानु  पर्नेमा जोड दिनुभयो ।