ओलीलाई कालोझण्डा देखाउने विद्यार्थीहरु रिहा

Posted on: April 30, 2016 | views: 199

काठमाडौं,फागुन ९ । भारतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाएको अभियोगमा पक्राउ परेका नेपाली विद्यार्थी जेलबाट रिहा भएका छन्। ओलीलाई इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाएको अभियोगमा पक्राउ परेका मधेस केन्द्रित दलका विद्यार्थीहरु तिहाड जेलवाट रिहा भएका हुन् । 

काठमाडौंबाट दिल्ली उत्रिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा मधेसी र थारु नेपाली विद्यार्थीले कालो झण्डा देखाएका थिए। पक्राउ पर्नेहरुमा नेकपा माओवादीका संयोजक मातृका यादवका छोरा सूर्यकिरणसमेत थिए ।