वैद्यका कारण माओवादी एकता रोकियो

Posted on: May 03, 2016 | views: 178

११ बैशाख, काठमाडौं ।
पार्टी एकीकरणको कसरतमा रहेका माओवादी धाराका पार्टीले शुक्रवार पार्टी एकताको अपिलसहितको संयुक्त वक्तव्य जारी गर्न सकेनन् ।
 
नेपाल कम्युनिष्ट पार्टीको ६७ औँ स्थापना दिवस तथा १४६ औँ लेनिन जयन्तीका अबसरमा त्यस्तो तयारी भएपनि वैद्य माओवादीभित्रको विवादले संयुक्त वक्तव्य रोकिएको हो।
 
प्रचण्ड नेतृत्वको एमाओवादी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी कुम्युनिष्ट पार्टीले संयुक्त वक्तव्य दिने तयारी थियो।
 
पार्ट एकताको विषयमा क्रान्तिकारी माओवादीभित्र अध्यक्ष मोहन वैद्य किरण र महासचिव रामबहादुर थापा बादलबीच मतान्तर रहेको छ ।

वैद्य  विचार नमिल्दासम्म पार्टी एकतामा इच्छुक देखिएका छैनन् भने बादल तत्काल एकताको पक्षमा छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।