'देशको आर्थिक समृद्धिका लागि सकारात्मक सोच र प्रतिबद्धता चाहिन्छ'-डा. भट्टराई

Posted on: May 02, 2016 | views: 181

१० बैशाख, बुटवल ।
नया शक्ति अभियानका संयोजक तथा पुर्व प्रधानमन्त्रि डा बाबुराम भट्टराइले मुलुकको आर्थिक समृद्धि र बिकासका लागि सबैको सकारात्मक सोच र प्रतिबद्धता हुनुपर्ने बताउनु भएको छ ।

आज बिहान रुपन्देहीको मणिग्राममा अभियानले आयोजना गरेको अन्र्तक्रिया र भैरहवामा अभियानको रुपन्देही सम्पर्क कार्यालयको उदघाटन गर्दै उहाले सम्भावनै सम्भावना बोकेको देशको आर्थिक समृद्धिका लागि सबैको सहयोग र प्रतिबद्धता आचवश्यक रहेको बताउनु भयो ।

पुर्वप्रधानमन्त्रि भट्टराइले पुरानो सोच र चिन्तनले नया नेपाल बन्न र आर्थिक समृद्धि हुन नसक्ने भएकाले नया शक्ति अभियानमा आफु लागेको बताउनु भयो ।

उहाले आफनो अभियानमा युवाहरुको आर्कषण बढी रहेको र छिट्टै पार्टी घोषणा हुदा मुलुकको बिकास र आर्थिक समृद्धिका योजना सार्बजनिक गर्ने बताउनु भयो ।