'मधेशी जनता इमान्दारसँग मधेस हाक्ने ड्राइभरको खोजिमा छन्'- अंसारी

Posted on: May 02, 2016 | views: 180

रौतहट,बैशाख ८ । संघिय नवबिचार समुहका केन्द्रिय  संयोजक रिजवान अन्सारीले मधेशवादी दलहरु अदुरदर्शिता देखाएको आरोप लगाएका छन् । मंगलबार रौतहटमा एक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन। मधेशी मोर्चासंग  मधेशको जनताहरुको मोह भङ्ग भैसकेको भन्दै अब मधेशको ठुलो शक्ति भएर हामी आउने दाबी गरे। मधेशी नेतामा नैतिकता नरहेको,सत्तामुखी भएको र मधेशको जनतासंग इमान्दारी पुर्वक प्रस्तुत नभएको आरोप लगाए। 

बिगत सात महिना देखिको मधेश आन्दोलन बिना उपलब्धी तुहाएको मोर्चाले अब कुन मुख लिएर मधेश झर्ने भन्दै प्रश्न गरे। मधेसको मुद्दालाई अगाडि बढाउन मधेशी जनताले अब अर्को ड्राइभर खोज्नु पर्ने बेला आएको बताए। संघिय समाजवादी फोरममा पुर्ण समावेशी समानुपातिकको मुद्दा उठाएर निष्कासित भएका अंसारी  बिगत केही महिना देखि मधेशमा नयाँ पार्टी खोल्ने तैयारी स्वारुप अन्तरक्रिया कार्यक्रम  तिब्र बनाएका छन। हामीसंग आदिवाशी जनजाती , दलित , थारु,खस आर्य ,मधेशी , मुस्लिमको ठुलो संख्या रहेको हुदा हाम्रो  पार्टी राष्ट्रिय पार्टी हुने दाबी गरे। कार्यक्रममा समुहका वीर बहादुर लामा, राज कुमार यादव, स्थानीय बुद्धिजीवी,समाजसेवी,विभिन्न पार्टीका नेता कर्याकर्ताको उल्लेखनीय उपस्थित रहेको थियो।