एमाओवादीका पोलिटब्युरो सदस्यसहित चार जना नयाँ शक्तिमा

Posted on: April 30, 2016 | views: 320

काठमाडौं,फागुन ९ ।  एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्यसहित चार जना नयाँ शक्तिमा गएका छन् । एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य ध्रुव पराजुलीसहित चार जना डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा गएका हुन् । एमाओवादीका पोलिटब्युरो सदस्य ध्रुव पराजुली, गोविन्द पराजुली, दिलबहादुर श्रेष्ठ र बाबुराम कार्कीले आइतबार विज्ञप्ति जारी गरी एमाओवादीको कुनै पनि हैसियतमा नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन् ।

ठूलो परिवर्तन र नयाँ संविधान जारी भइसकेपछि मुलुकको आर्थिक कोर्ष अघि बढाउनुपर्ने दायित्व रहेको भन्दै उनीहरु नयाँ शक्ति प्रवेश गरेको जनाएका छन् । एमाओवादी नेताहरुको भ्रष्ट आचरण, गलत नियत, विधि र प्रवृतिका कारण आर्थिक समृद्धितर्फ लैजाने दायित्व पूरा हुने सम्भावना नदेखेको उनीहरुको भनाइ छ ।