फेरी बोली फेरे बाबुरामले

Posted on: May 01, 2016 | views: 250

७ बैशाख, महोत्तरी ।
तराईमा भारतले नगाएको नाकाबन्दी र सहयोगमा बन्द जारी रहँदा संविधान धोका भएको भन्दै आन्दोलन उक्साउन पुगेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले फेरी बोली फेरेका छन् ।

नयां शक्तिका संयोजक डा. बाबुराम भट्टराईले ऐतिहासिक संबिधानसभाबाट जारी भएको संबिधानको बिरोध गर्नु भन्दा कमी कमजोरी सच्चाएर अघि बढ्नु पर्ने बताएका छन् ।

महोत्तरीको बर्दिबासमा आज अन्तक्रियामा संयोजक भट्टराईले संबिधानबाट प्राप्त उपलव्धीलाई आत्मसाथ गर्न नसके लोकतान्त्रिक आन्दोलनको अबमुल्यन हुने बताए ।
भट्टराईले सबै दल मिलेर तराई मधेशको आर्थिक सामाजिक बिकासमा लाग्नु पर्ने बताए ।