२१ राजदूत नियुक्तीसँगै मन्त्रीपरिषदले गरेका अन्य निर्णय यस्ता छन्

Posted on: May 01, 2016 | views: 227

७ बैशाख, काठमाडौं ।
मन्त्रिपरिषदको आजको बैठकले विभिन्न २१ मुलुकहरुका लागि नेपाली राजदूतहरु  नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठक पछि संचार कर्मीहरु संग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता सूचना था संचार मन्त्री शेरधन राईले विभिन्न २२ मुलुकहरुमा खाली रहेको नेपाली राजदूतमा ओमान बाहेक अन्य २१ मा राजदूत नियुक्त गर्ने निर्णय भएको बताउनु भयो ।

त्यसै गरी बैठकले संविधानको धारा ६२,६९ र २४६ को उपधारा १ को व्यवस्थालाई पूर्ण कार्यान्वनको लागि एक छुट्टै विधेयकको रुपमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक तर्जुमा  गर्न, उर्जा संकट निवारण सम्बन्धी विधेयक तर्जुमा गर्न र मतदाता नामावली सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने र नविकरणीय उर्जा अनुदान नीति २०७२ लाई स्वीकृत गरेको पनि संचारमन्त्री राईले जानकारी दिनु भयो ।

बैठकले कर्णालीका विभिन्न जिल्लामा परेको खडेरीलाई ध्यानमा त्यहाँ ३० हजार क्विनटल खाद्यान्नको व्यवस्थाका लागि खाद्य संस्थानलाई  १० करोड २३ लाख ८२ हजार रकम थप ढुवानी अनुदान दिने निर्णय पनि बैठकले गरेको छ ।

त्यसै गरी बैठकले संविधान घोषण भएको दिन संसिर ३ गतेको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको पनि संचारमन्त्री राईले जानकारी दिनु भयो ।

बैठकले नयाँ बानेश्वर निवासी डा। पन्नाकाजी अमात्यलाई बैदेशिक मामिला अध्यनन प्रष्ठिानको कार्यकारी निदेशकमा नियुक्ति गर्नुका साथै साहित्यकार झमककुमारी घिमिरेलाई मासिक रुपमा २५ हजार आजिवन भत्ता दिने निर्णय पनि सरकारले गरृेको छ ।

साथै बैठकले २ जना सहसचिवहरुलाई सचिवमा बढुवा गरी पदस्थापन समेत गरेको सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको पनि संचार मन्त्री राईले जानकारी दिनु भयो ।