भारतीय नेता रिझाउन काँग्रेस सभापति देउवा दिल्ली उडे

Posted on: May 03, 2016 | views: 284

६ बैशाख, काठमाडौं ।
भारत भ्रमणको खास कारण, भ्रमणको उदेश्य, भ्रमणको कार्यतालिका लगायत केही नखुलाई काँग्रेस सभापती शेरबहादुर देउवा पत्नी आरजु राणालाई लिएर भारत उडेका छन् ।

आरजु राणा देउवाको ढाडको उपचारको बहाना बनाएर दिल्ली उडेका पूर्व प्रधानमन्त्री देउवा मुख्य रुपमा भने भारतीय नेताको दैलो चहार्दै सत्ता परिवर्तन गरेर प्रधानमन्त्री बन्न भारतीय आशिर्वाद बटुल्न गएको आम ठम्याइ छ ।

आउँदो शनिवार मात्र स्वदेश फर्कने भएका देउवाले भारतमा कुनकुन नेतालाई भेट्ने केही खुलाइएको छैन ।

पूर्व प्रधानमन्त्रीको हैसियत र पहिलो ठूलो दलको हैसियतमा समेत कम्तिमा आफ्ना भ्रमणका तालिका र योजना भन्नुपर्नेमा देउवा सबै गुपचुप राखेर कसको स्वार्थमा के का लागि भारतीय नेताको दैलो चहार्न गएका हुन् यो कुरा रहस्यमै छ ।